प्रभुदेवाले गरिसके दोस्रो विवाह !

बलिउड अभिनेता प्रभुदेवाको विवाहको विषयमा पछिल्लो समय भारतीय सन्चारमाध्यममा निकै समाचार आइरहेका छन् । तर, यी कुनै पनि समाचार सही नभएको बताइएको छ । सबैभन्दा पहिले त प्रभुदेवाले आफ्नै भान्जीसँग विवाह गर्न लागिरहेका छन् भन्ने समाचार आएको थियो । 

अब उनको फिजियोथेरापिस्टसँग विवाह हुन लागेको समाचार भारतीय मिडियामा आइरहेको छ ।

इटाइम्स मिडियामा आएको समाचारअनुसार मुम्बईको साकिनाकामा रहने डाक्टर हिमानीसँग विवाह गरिसकेका छन् । उनीहरुबीच निकै समयदेखि नजिक रहेको बताइउको छ । उनीहरुले मेमा विवाह गरिसकेको दाबी यसमा गरिएको छ । 

तर, अहिलेसम्म यसबारे प्रभुदेवाले केही बताएका छैनन् । उनका भाइ राजु सुन्दरमले चाहिँ प्रभुदेवाको विवाह भएकाले आफू निकै खुसी भएको बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १८:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया