नेपालमा काेराेनाभाइरस: अछाममा स्वास्थ्यकर्मीकाे निधन
फरकधार / ६ मंसिर, २०७७

कोरोना संक्रमणका कारण अछाममा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। धनगढी घर भई अछामको तुर्माखाद गाउँपालिकाको रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव ५३ वर्षीय कपिल श्रेष्ठको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

उनले धनगढीमै कोरोना परीक्षण गराएको र कहिले कोरोना पुष्टि भयो भन्ने खुल्न बाँकी रहेको अछाम तुर्माखाँद गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताए।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी श्रेष्ठ दशैँअगाडिबाट धनगढीमै रहेको र कोरोना संक्रमणपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा शुक्रबार मृत्यु भएको अछाम प्रशासनले जनाएको छ।

  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार २३:१८:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया