झलनाथ खनाल भन्छन्– सुरेन्द्र पाण्डेमाथिको आक्रमण नियोजित, यसले पार्टीमा थप विवाद बढाउँछ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको पछिल्लो विवाद थप उत्कर्षमा पुग्ने भएको छ । 

चितवनमा शनिबार एक कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको आक्रमणका कारण पार्टीमा थप समस्या देखिने नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताएका हुन् । 

खनालले एक विज्ञप्ति निकाल्दै पाण्डेमाथि भएको सुनियोजित घटनाले गम्भीर बनाएको बताएका हुन् । ‘विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ, खनालले भनेका छन् ।

उनले कार्यक्रममा आफ्ना भनाइ राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय भएको बताएका छन् ।

साथसाथै उनले कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउन आफूले चाहेको पनि बताएका छन् ।

उनले थप भनेका छन्, 'पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ ।’





  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार २३:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया