पानीकाे मुहानमा गाइ खसालेर मारेकाे आशंकामा एक पक्राउ

गाई खसालेर मारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बैतडीकाे पुर्चौडी नगरपालिका–६ स्थित खानेपानीको मूहानमा ११ ओटा मरेका गाई फेला परेपछि पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हाे । 

गाईलाई भीरबाट खसालेर मारेको आशंकामा पार्कीलाई नियन्त्रणमा लिएको हो।

सोही कार्यमा सलंग्न रहेको आशंका गरिएको पुर्चौडी नगरपालिका–५ का सुरेश पार्की  फरार रहेका छन्। पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरेको छ ।

पाटन नगरपालिकाबाट प्रति गाई २ हजार ५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ ।

नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि दुवै जनालाई प्रतिगाई २ हजार ५ सयका दरले रकम तिरेर २९ छाडा गाई जिम्मा लगाएको थियो। गाईको जिम्मा लिएर लगेका ती दुवै व्यक्तिले भीरबाट गाई खसालेपछि ती गाई पानीको मूहानमा परेका थिए।





  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार ०:५४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया