टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा

प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यान्चेष्टर सिटीमाथि २–० को जित दर्ता गर्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा सन ह्युङ मिन र  जियोवानी लो सेलोले टोटेनहमका लागि एकएक गोल गरे । 

खेलको पाँचौ मिनेटमा ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका हुन् । पहिलो हाफ १–० गोल अन्तरमा सकिएको थियो । 

दोस्रो हाफको ६५ औं मिनेटमा जियोवानीले गोल गर्दै टोटेनहमलाई २–० को अग्रता दिलाए ।  ह्यारी केनको पासलाई सदुपयोग गर्दै उनले टिमका लागि दोस्रो गोल गरेका हुन् । 

प्रतियोगितामा दुवै टिमको एकएक गोललाई भने रेफ्रीले मान्यता दिएनन् । ह्यारी केनले गरेको गोललाई अफ साइड र ग्याब्रियल जिससले गरेको गोललाई ह्यान्ड बल भन्दै रेफ्रीले मान्यता नदिएका हुन् । 

यो प्रतिस्पर्धालाई टोटेनहमका प्रशिक्षक जोसे मौरिन्हो र सिटी प्रशिक्षक पेप ग्वार्डीओलाको प्रतिस्पर्धा मानिएको थियो ।​



टोटेनहम भन्दा सिटीले बल पोजिसन धेरै बनाए पनि गोल गर्न नसक्दा पराजित भएको हो । ​

ह्युङ मिनले सुरुवातमै गोल गरेका हुन् भने र दोस्रो गोल गर्ने जियोवानी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।



शीर्ष स्थानको टोटेनहमले २० अंक जोडेको छ । सिटी तालिकाको १० औं स्थानमा छ ।

  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार ६:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया