संक्रमण नियन्त्रण बाहिर पुगेपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालिन कफ्र्यू लाग्ने भएको छ। 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गभर्नर गभिन न्यूसमले शनिबार रातिदेखि कफ्र्यू लगाउने तयारी भएको घोषणा गरेको बीबीसीले जनाएको छ । 

गभर्नर गाभिनले कफ्र्यू एक महिनासम्म रहने बताएका छन् । नोभेम्बर २१ मा घोषणा भएको कर्फ्यू डिसेम्बर २१ सम्म लागु हुनेछ । 

क्यालिफोर्नियाको ५८ काउन्टी मध्ये ४१ मा कप्mर्यू लागु हुनेछ । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा धेरै जनघनत्व भएको सहर हो । जहाँ ४ करोडभन्दा धेरै नागरिकको बसोबास छ । 

पछिल्लो समय अमेरिकाको पश्चिमी राज्यमा कोरोना संक्रमितको संख्या गएको अगष्टमा भन्दा पनि खराव अवस्थामा बढ्न थालेको छ । 

अमेरिकामा मात्रै २ हजारभन्दा धेरै संक्रमितको एकैदिन मृत्यु भएको छ । अमेरिकामा मात्रै एक करोड २० लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा अहिलेसम्म कोरोनाले २ लाख ५५ हजारको मृत्यु भएको जोन हप्किङ्स विश्वविद्यालयले जनाएको छ । 



यो संक्रमित र ज्यान गुमाउनेको संख्या विश्वमै धेरै हो । शुक्रबार मात्रै अमेरिकामा १ लाख ८७ हजारमा कोरोना पुष्टि भएको थियो । जुन एकैदिन थपिएका संक्रमितको संख्या अहिलेसम्म कै धेरै हो । 



अमेरिकाका विभिन्न राज्यले पछिल्लो समय कोरोना संक्रमण थप नफैलियोस् भन्नका लागि अनिवार्य मास्क लगाउनुपर्ने नियम लागु गरेका छन् । 

कोरोना रोकथाम तथा नियन्त्रणको लागि बनेको सीडीसीले आउँदो २६ तारिखमा हुने थ्याङस् गिभिङ कार्यक्रमका लागि हुने यात्रा नगर्न सबैसँग अपील गरेको छ । 

  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार ६:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया