सिरी ए फुटबल : युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको प्रतिस्पर्धामा युभेन्टसले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धामा फाइदा उठाउँदै युभेन्टसले काग्लिएरीमाथि २–० को जित दर्ता गरेको हो।​

युभेन्टसका लागि दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरे । पहिलो हाफको ३८ र ४२ औँ मिनेटमा रोनाल्डोले गोल गरेका हुन् । 

यो जितसँगै युभेन्टसले शीर्ष स्थानमा रहेको एसी मिलानसँग अंक दूरी घटाएको छ । 

सात खेल मात्र खेलेको शीर्ष स्थानको एसी मिलानको १७ अंक छ । युभेन्टसले ८ खेलबाट १६ अंक जोडेको छ ।
 





  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार ६:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया