स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा मड्रिडले बार्सिलोनालाई १–० ले पराजित गरेको हो ।
बार्सिलोनामाथि पहिलो हाफको इन्जुरी समयमा यानिक कार्रास्कोले गोल गरे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसक्दा यानिकको गोल निर्णायक बन्यो ।
बार्सिलोना पराजित भएको खेलमा उसका डिफेन्डर जेरार्ड पिके गम्भीर घाइते भएका छन् । चोटका कारण उनी कम्तिमा ६ महिना मैदान बाहिर हुने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका छन् ।
शनिबार रातिको खेलमा पराजित भएसँगै बार्सिलोनाले ८ खेलबाट ११ अंक मात्र जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।