नाडाल र जोकोविच एटीपीको सेमिफाइनलबाटै बाहिरिए  : डानिल र डोमिनिकले फाइनल खेल्ने

विश्व नम्बर एक नोभाक जोकोविच र विश्वर नम्बर दुई  राफायल नाडाल एटिपी फाइनल्सको सेमिफाइनलबाटै बाहिरिएका छन् । 

रुसी खेलाडी डानियल मेडभेडेभले स्पेनिस नाडाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् भने जोकोविचलाई डोमिनिक थिएमले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । ​

नाडालसँगको प्रतिस्पर्धाको सुरुमा पछि परे पनि डानियलले पुनरागमन गर्दै फाइनलमा स्थान बनाए । उनले नाडालमाथि ३–६, ७–६ (७–४) र ६–३ सेटको जित दर्ता गरे।

यो जितसँगै मेडभेडेभले फाइनलमा तेस्रो वरियताका डोमिनिकसँगको भेट पक्का गरेका हुन् । 

फाइनल पुगेका डोमिनिकले  विश्व नम्बर एक जोकोविचलाई ७–५, ६–७ (१०–१२) र ७–६ (७–५) को सेटमा पराजित गरेका छन्।

फाइनल प्रतिस्पर्धा आइतबार हुँदैछ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार ७:३५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया