ग्वाटेमालामा विपक्षीले संसद भवनमा लगाए आगो

ग्वाटेमालामा सरकार विरोधी प्रदर्शनकारीले संसद भवनमा आगो लगाएका छन् । संसदले बुधबार राति पारित गरेको बजेटको विरोधमा विपक्षीले संसद् भवनमा तोड्फोड गर्दै आगो लगाएका हुन् । 

बीबीसीले उल्लेख गरे अनुसार विपक्षीले खाली भएको अवस्थामा संसद भवनमा लगाएको आगो १० मिनेटमै निभाइएको थियो ।

आगो निभाए पनि क्षतिको विवरण भने आएको छैन । संसद भवनको एक क्षेत्रमा सयौँ प्रदर्शनकारी छिरेर छोडफोड तथा आगजनी गरेका हुन् । 

उनीहरुलाई दंगा प्रहरीले तितरवितर पारेको थियो । विपक्षीले राष्ट्रपति एलेजान्ड्रो गिएम्याट्टेइले राजीनामा दिनु पर्ने माग गर्दै आएका छन् । 

 





  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार ८:२८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया