अध्ययनको निष्कर्ष : कोरोना संक्रमितको एन्टिबडीले ६ महिनासम्म पुनः संक्रमणबाट जोगाउँछ
फाइल तस्बिर

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएपछि ६ महिनासम्म पुनः संक्रमण नहुने अध्ययनले देखाएको छ । 

एक पटक शरीरमा बनिसकेको एन्टिबडीले  भाइरसलाई नष्ट गर्न कम्तिमा ६ महिनासम्म सघाउने अध्ययनले देखाएको हो । ​

अक्स्फर्ड यूनिभर्सिटीले गरेको एन्टिबढी परीक्षणबाट यस्तो निष्कर्ष सार्वजनिक भएको बीबीसीले उल्लेख गरेको छ । अक्स्फर्डले सञ्चालन गरेका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले गरेको अध्ययनले यस्तो निष्कर्ष सार्वजनिक भएको हो ।

अध्ययनका अनुसार शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना उति नै कम हुन्छ।

एक पटक कोरोना संक्रमण भएपछि पुनः संक्रमणबाट जोगाउन एन्टिबढीले काम गर्छ । यसले पुनः कोरोना हुन जोगाउने अनुसन्धानकर्ताको भनाइ छ । 

यो अध्ययनका लागि अक्स्फर्ड यूनिभर्सिटीको  स्वास्थ्य क्षेत्रका १२ हजार कर्मचारी सहभागी थिए । जसमध्ये ११ हजारमा कोभिड–१९ एन्टिबडी भएको पाइएको थियो। 



शरीरमा भाइरसको संक्रमण हुँदा एन्टिबडी निर्माण हुन्छ । त्यसले भाइरसलाई कोषभित्र छिर्नबाट रोक्छ । 

परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड–१९ पुष्टि भएको थियो । यसरी कोरोना पुष्टि हुने समूहमा ७६ जनामा एन्टिबडी नभएको पाइएको छ । ति तीन जनासमेत गम्भीर थिएनन् । 



सङ्क्रमण हुँदा शरीरले आफ्नो प्रतिरक्षाका लागि एन्टिबडी बनाएर कीटाणुलाई आक्रमण गर्छ । अहिले विश्वभर कोरोनाविरुद्धको खोपको परीक्षण भइराखेको छ । उक्त खोपले कोरोना भाइरसलाई निस्क्रिय पार्ने काम गर्छ । 

  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार ९:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया