नर्वे तथा जर्मन क्लब बेरुसिया डर्टमन्डका २० वर्षीय फरवार्ड एर्लिङ ब्राउट हल्यान्डले सन् २०२० को गोल्डेन ब्वाई अवार्ड जितेका छन् । उनले स्पेन तथा बार्सिलोनाका १८ वर्षीय फरवार्ड अन्सुमन फातीलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् ।
गोल्डन ब्वाई अवार्ड सन् २००३ देखि इटालियन खेल पत्रिका टुटो स्पोर्टले हरेक वर्ष युरोपका शीर्ष डिभिजन खेल्ने २१ वर्षभन्दा मुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको छ ।
यो अवार्ड जित्ने हल्यान्ड पहिलो नर्वेजियन खेलाडी हुन् । अघिल्लो वर्ष यो अवार्ड पोर्चुगल तथा स्पेनिस क्लब एथ्लेटिको मड्रिडका जाओ फिलिक्सले जितेका थिए । हल्यान्डले डर्टमन्डका लागि २९ खेलमा २७ गोल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।