इङ्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा साविक विजेता लिभरपुलले लेस्टर सिटीलाई हराएको छ । आइतबार भएको खेलमा लेस्टर सिटीलाई ३–० ले हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि डिओगो जोटा र रोबर्टो फिरमिनोले गोल गरे । लेस्टर सिटीका जोनी इभान्सले २१ औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता बनाएको थियो ।
जोटाले ४१ औँ मिनेटमा गोल गरेपछि अग्रता दोब्बर भयो । फिरमिनोले ५६ औँ मिनेटमा गोल गर्दा लिभरपुलले ३–० को शानदार जित हात पारेको हो ।
जितपछि दोस्रो स्थानमा पुगेको लिभरपुलले शीर्ष स्थानको टोटनह्यामसँग अंक बराबरी गरेको छ । दुवै टिमको ९ खेलबाट २० अंक भएको छ । लेस्टर सिटी १८ अंकसहित चौथो स्थानमा छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।