काठमाडौंको रत्नपार्कको नाम फेरिएकोमा राप्रपा अध्यक्ष कमल थापाले कडा आपत्ति जनाएका छन् । आइतबार राति ट्विट गर्दै थापाले यो निर्णय नसच्चाइए प्रतिरोधमा उत्रने चेतावनी दिएका हुन् ।
थापाले इतिहास मेटाउने काठमाडौं महानगरको कार्य स्वीकार्य नहुने बताएका हुन्। ‘श्री ५ महेन्द्रको जीवन संगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य अस्वीकार्य छ ।’ थापाले ट्विटरमा लेखेका छन् ।
यस कार्यले राष्ट्रिय विभूति शंखधर साख्वाकै अपमान भएको उनको भनाइ छ । आफैंमा चर्चित राष्ट्रिय विभूति साख्वाको सम्मान अन्तै छुट्टै सालिक वा पार्क बनाउनु पर्ने थापाको ठहर छ ।
‘रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र विकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्’ थापा भन्छन्, ‘द्वन्द्व निम्त्याउने काम नहोस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।