भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार ८ सय भन्दा धेरै पुगेको छ । पछिल्लो दिन ४५ हजार २०९ संक्रमित थपिएका छन् ।
भारतीय मिडियका अनुसार पछिल्लो २४ घण्टामा थप ५०१ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भातरको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडा अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३३ हजार २२७ पुगेको छ ।
हाल भारतमा ४ लाख ४० हजार भन्दा धेरै सक्रिय संक्रमति रहेका छन् । ८५ लाख २१ हजार ६०७ संक्रमित निको भएका छन् ।
भातरीय मेडिकल अनुसन्धान परिषद्का अनुसार पछिल्लो १४ घण्टामा भारतभर १० लाख ७५ हजार ३२६ पीसीआर परीक्षण गरिएको छ । भारतमा हालसम्म १३ करोड १७ लाखभन्दा धेरै पीसीआर परीक्षण गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।