इङ्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाह कोरोना मुक्त भएका छन् । उनी तेस्रो पटकको परीक्षणमा कोरोना मुक्त भएको क्लबका प्रशिक्षक योर्गेन क्लोपले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय खेलका लागि इजिप्ट पुगेका २८ वर्षीय सलाहलाई १३ नोभेम्बरमा कोराना पुष्टि भएको थियो । उनी शुक्रबार इजिप्टबाट लन्डन आएका थिए र त्यहाँ पिसिआर परीक्षण गर्दा नेगेटिभ नतिजा आएको हो ।
सलाह कोराना मुक्त भएपछि क्लबले केही राहत महसुस गरेको प्रशिक्षक क्लोपले बताए । सलाह सोमबारबाटै क्लबको प्रशिक्षण सहभागी हुने र च्याम्पियन्स लिग अन्तर्गत बुधबार एटलान्टा विरुद्धको खेलमा उपलब्ध हुने उनले जानकारी दिए ।
कोराना पुष्टि भएपछि सलाहले इजिप्टका लागि टोगोविरुद्धको २ तथा लिभरपुलका लागि प्रिमियर लिग अन्तर्गतको लेस्टर सिटी विरुद्धको खेल गुमाएका थिए ।
सलाहको अनुपस्थितिमा पनि लिभरपुलले आइतबार भएको खेलमा लेस्टर सिटीमाथि ३–० को सहज जित निकालेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।