आउँदो महिना अर्थात् डिसेम्बरबाट अमेरिकामा सर्वसाधरणले कोरोना विरुद्धको खोप पाउने भएका छन् । खोप समन्वय प्रमुख डा.मोन्सेफ स्लोबीले डिसेम्बरको मध्यबाट सर्वसाधारणले खोप पाउन सक्ने जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सिएनएनसँगको अन्तरवार्तामा स्लोबीले डिसेम्बर ११ वा १२ बाट खोप लगाउन सुरु गरिने जानकारी दिए । फाइजर र बायो एन टेकले आपत्कालीन प्रयोगका लागि खोपको अनुमति लिएको २ दिनपछि राज्यको खोप समन्वय प्रमुख स्लोबीले डिसेम्बरबाट सर्वसाधरणलाई खोप दिने बताउँदै नियामक संस्थाबाट अनुमति पाउनेबित्तिकै खोप बजारमा ल्याउने जानकारी दिए ।
उनले खोपको स्वीकृति पाएको २४ घण्टाभित्र खोप सर्वसाधरणको पहुँचमा ल्याउने बताए । खोप प्रयोगका लागि खाद्य तथा औषधि प्रशासन (एफडिए) ले अनुमति दिनुपर्ने हुन्छ । फाइजरले आफ्नो खोप ९५ प्रतिशत सुरक्षित रहेको दाबी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।