अफ्रिकन फुटबल महसंघका अध्यक्ष अहमदलाई ५ बर्ष प्रतिबन्ध

 विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफ्रिकन फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । 

उनलाई आर्थिक दुराचार गरेको ठहर गर्दै प्रतिबन्ध लगाएको फिफाले जनाएको छ । सन् २०१७ मा अफ्रिकन फुटबल महासंघको अध्यक्ष बनेका अहमद फिफाको उपाध्यक्षसमेत बनेका थिए । 

अध्यक्ष पदमा रहँदा अहमदले घुस लिएको, थप सुविधा लिएको तथा कोषको दुरुपयोग गरेको ठहर फिफाको एथिक्स कमिटीले गरेको छ । 

उनलाई गत वर्ष आर्थिक हिनामिनाको आरोप लागेको थियो । आर्थिक हिनामिनाको आरोप लागे पनि अहमदले आगामी मार्चमा मोरक्कोमा हुने महासंघको निर्वाचनमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका थिए ।   





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १७:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया