कर्णालीबाट ३१ हजार बढी विद्यार्थीले कक्षा १२ को परिक्षा दिँदै

कोरोनाभाइरस महामारीबीच कक्षा १२ को परीषा भोलिबाट सुरु हुँदैछ ।

कर्णाली प्रदेशमा परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परिक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कर्णाली प्रदेश सुर्खेतले जानकारी दिएको छ । कार्यालयका अनुसार परीक्षामा कर्णाली प्रदेशका १० वटै जिल्लाका नियमित र ग्रेडतर्फ गरेर ३१ हजार तीन सय ३४ जना विद्यार्थीहरु सहभागी हुँदैछन् । जसमा सबैभन्दा बढि सुर्खेतमा सात हजार पाँच सय ५७ जना र सबै भन्दा कम डोल्पाबाट चार सय २२ जना सहभागिता जनाउँदै छन् । 

कर्णालीका सल्यान र रुकुम पश्चिम बाहेक अन्य जिल्लाको परिक्षा व्यवस्थापनको काम हेर्दै आएको परिक्षा बोर्डले ८ वटा जिल्लामा दुई सय १६ वटा परिक्षा केन्द्र तोकिएको जानकारी दिएको छ । जस अन्तर्गत सुर्खेतमा ६६, दैलेखमा ४८, जाजरकोटमा २३, कालिकोटमा ३६, मुगुमा १०, हुम्लामा १०, जुम्लामा १८ र डोल्पामा ५ वटा परीक्षा केन्द्र तोकिएको हो । 

कोरोनाका कारण बाहिर जिल्लाबाट अध्ययन गरी घरपायकको जिल्लामा परिक्षा दिने ८ जिल्लाका पाँच सय ४ जना विद्यार्थी रहेका छन् । भने सुर्खेतबाट तीन जना कैदी र दुई जना दृष्टिविहीन विद्यार्थीहरुले समेत परिक्षा दिन लागेको राष्ट्रिय परिक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कर्णाली प्रदेश सुर्खेतका प्रमुख जित बहादुर शाहले जानकारी दिए । साथै उनले उत्तरपुस्तिका र अन्य परीक्षा सामग्रीका साथै हार्ड कपि दिनुपर्ने परीक्षा केन्द्रहरुमा प्रश्नपत्रहरु पुगिसकेको जानकारी दिए । 

प्रत्येक परिक्षा केन्द्रमा स्वास्थ्यकर्मीको टोली रहने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश, सुर्खेतकी उपसचिव दिपा हमालले जानकारी दिइन् । ‘प्रदेश तथा स्थानीय तह मार्फत स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ,’ उनले भनिन, ‘कोरोनाको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामाग्रीहरुको व्यवस्थापन गरिएको छ ।’





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १९:४६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया