प्रहरीले सुर्खेतका विभिन्न स्थानबाट अवैध काठसहित तीन जनालाई पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भेरीगंगा नगरपालिका १० का ४१ बर्षीया अल बहादुर पुन मगर, वडा नम्बर ४ टुनीखोलाका ४६ बर्षीया उदीराम खत्री र ३८ बर्षीया खिमराज खत्री रहेका छन् ।
भेरीगंगा नगरपालिका वडा नम्बर १० बाट भे १ ह ३३४१ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको सालको ८.५ क्यु फिट काठ, अटो सहित पुन मगर पक्राउ परेका हुन ।
यस्तै भेरीगंगा नगरपालिकाकै वडा नम्बर–४ टुनीखोलामा लुकाई छिपाई राखिएको एक सय ३६ थान चिरान काठ र गोलिया ५ थान गरी एक सय १४.४७ क्यू फिट काठ सहित उदीराम खत्री पक्राउ र सोहि क्षेत्रमा घरमा लुकाई छिपाई राखिएको अवस्थामा ४.८६ क्यूफिट सालको र २.२५ फिट जामुनको काठ सहित खिमराज खत्री पक्राउ परेका हुन् ।
बरामद काठसहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागि सव डिभिजन कार्यालय छिन्चुमा पठाउने काम भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।