भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ ।
सुशान्त सिंह राजपुत घटनासँगै जोडिएको ड्रग्सको विषयमा छानबिन हुँदा भारतीको नाम पनि आएको थियो । भारतको नारकोटिक्स ब्यूरोले गरेको सोधपुछमा भारतीले आफूले ड्रग्स लिएको स्वीकार गरेकी थिइन् ।
उनको घरमा प्रहरीले छापा मार्दा गाँजा बरामद पनि गरेको थियो ।
उनलाई शनिबार मुम्बईको उनको घरबाट गिरफ्तार गरिएको थियो । उनको घरमा ८६.५ ग्राम गाँजा भेटिएको थियो । भारती सँगै उनका पतिलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।