कोरोनाभाइरसः सोमबार ८ जनाको मृत्यु, ६ जना काठमाडौंका

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेमा सोमबार ८ जना थपिएका छन् । यीमध्ये पाँच जना काठमाडौंका हुन् । त्यस्तै, उपत्यकामा थप एक जनाको निधन भएको छ । 

मृत्यु हुने अन्य दुई मोरङ र इलामका हुन् । 

आज मृत्यु हुनेमा इलामका २५ वर्षे युवा रहेका छन् । उनलाई ५ मंसिरमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

त्यस्तै, मोरङका ६७ वर्षका पुरुषको पनि आज निधन भएको छ । उनी १ मंसिरमा अस्पताल भर्ना भएका थिए ।

काठमाडौंमा मृत्यु हुनेमा ७८ र ५१ वर्षका पुरुष रहेका छन् । त्यस्तै, ३० वर्षकी महिलाको पनि सोमबार काठमाडौंमा कोरोनाका कारण निधन भयो ।

काठमाडौंमा अन्य दुई पुरुषको निधन भएको छ । मृत्यु हुनेमा ७८ र ७३ वर्षका पुरुष रहेका छन् । 



त्यस्तै आज भक्तपुरमा ४० वर्षका पुरुषको पनि निधन भएको छ । उनलाई निमोनियाको समस्या देखिएको थियो ।



  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार २०:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया