शिकार गर्न गएका राउटे युवाको भीरबाट लडेर मृत्यु

जंगलमा शिकार गर्न  गएका एक राउटे युवाको भीरबाट लडेर मृत्यु भएको छ  । सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भीरबाट लडेर १९ वर्षीय राउटे युवा टेक शाहीको मृत्यु भएको हो।

मंसिर ८ गते भीरबाट खसेका उनको सोही राति मृत्यु भएको भएपनि प्रहरीले ढिला मात्रै जानकारी पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । नेपालमा फिरन्ते जीवन बिताउँदै आएको एकमात्र राउटे समुदायमा एक १४५ जना सदस्य थिए । ती युवाको मृत्यु भएपछि अब समुदायमा १४४ सदस्य मात्र रहेका छन् । 

उनीहरु केहि समयदेखि चिङ्गाड गाउँपालिकास्थित ढाँडखेतमा बस्दै आएका छन् । गुराँस गाउँपालिका दैलेखका स्थायीबासी राउटे मुख्यगरी सुर्खेत र दैलेखका विभिन्न ठाउँका जंगलहरुमा बस्ने गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १४:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया