किशोरीमाथि बलात्कार, पीडितलाई १ तोला सुनको तमसुक
सांकेतिक फोटो

संघीय सरकारले बलात्कारका घटनामा मिलापत्र गराउने जोकोहीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था  गरेको छ। यस सम्बन्धि कानुनका लागि भर्खरै आएको छ। 

यस बखत सुदूरपश्चिम प्रदेशको बैतडीको एक गाउँमा एक किशोरीमाथि भएको बलात्कारको घटना लेनदेनमा मिलापत्र गराइएको छ।  बैतडीको सिगास गाउँपालिकाकी एक १८ वर्षीया किशोरमाथि भएको बलात्कारको घटनालाई गाउँमै मिलाइएको घटना बाहिर आएको छ। 

 गत जेठ २३ मा गाउँपालिकाको वडा नम्बर ३ का दिपकसिंह धामीले आफूमाथि बलात्कार गरेको ती किशोरीले लगाएकी थिइन्।  गत असार दोस्रो साता सिगास गाउँपालिका वडा नं ३ का दीपक सिंह धामीले आफूलाई बलात्कार गरेको किशोरीको आरोप छ। 

‘म बिहान पानी भर्न गएका बेला दिपकले मलाई जबरजस्ती गरेका थिए। पछि गाउँमा कागजात बनाएर मलाई १ तोला सुन दिन्छु भन्दै जबरजस्ती औंठा छाप लगाउन लगाइयो’ ती किशोरीले भनिन्। 

पीडित किशोरीका अनुसार गाउँका अगुवा राजेन्द्रसिंह धामी, मनोज सिंह धामी, अमरसिंह धामी, नरेन्द्र धामी र गोपाल धामीले लगायतले तमसुक  बनाएका हुन्। तमसुकमा बलात्कार लेख्न नमिल्ने भन्दै झै–झगडा भनेर उल्लेख गरिएको उनले बताइन। प्रहरीले समेतले गाउँमै मुद्धा मिलाउन सुझाव दिएको किशोरीको  आरोप छ। तमसुक अनुसार पीडक पक्षले १ तोला सुन नदिएपछि घटना बाहिरिएको छ। पीडक दिपकसिँह धामीलाई गाउँलेले भारत भगाइसकेको किशोरीले जानकारी दिइन्।

बुधबार पीडित किशोरीसहित उनका आफन्त बैतडी सदरमुकाम पुगेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले घटना सम्बन्धी जानकारी पाइसकेको र उजुरीको पर्खाइमा रहेको बताए। ‘मौखिक उजुरी आइसकेको छ। मैलै पीडितलाई बोलाएको छु। उजुरी आएपछि अनुसन्धान थाल्नेछु’ उनले भने।





  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार ११:५३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया