गोरखामा समातिए तीन जुवाडे

गोरखामा प्रहरीले दुई लाख ७१ हजारसहित जुवाडेलाई पक्राउ गरेको छ । 

गण्डकी गाउँपालिकाको वडा नम्बर ४ बाट तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

स्थानीय जनक भण्डारीको घरमा कौडा खेलिरहेका घरधनी भण्डारी, धादीङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय खुमबहादुर अर्याल र ज्वालामुखी गाउँपालिकाकै वडा नम्बर २ को २२ वर्षीय राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट कौडा पनि बरामद भएको छ।  

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट बिहीबार १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार १९:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया