नेपालमा कोरोनाभाइरसः बिहीबार २१ जनाको मृत्यु, अधिकांश ६० वर्षमाथिका

चिसो मौसम सुरु भएसँगै नेपालमा कोरोनाभाइरसका कारण निधन हुनेको संख्या बढ्दो छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबार २१ जनाको मृत्यु कोरोनाका कारण भयो । नेपालमा बिहीबार कोरोनाबाट सबैभन्दा बढी काभ्रेमा ६ जनाको मृत्यु भयो । 

त्यस्तै, काठमाडौंमा ३ जना, भक्तपुर र ललितपुरमा २–२ जना, सुनसरीमा पनि २ जना, धनकुटा मोरङ, सप्तरी, कास्की, नवलपरासी पूर्व र दाङमा १–१ जनाको निधन बिहीबार भएको हो ।

बिहीबार काभ्रेमा मृत्यु हुने सबै जना ७० वर्षभन्दा माथिका हुन् । उनीहरु सबैलाई निमोनिया र मधुमेहको समस्या थियो । काभ्रेमा बिहीबार ८३, ७२, ७०, ७७ र ७५ वर्षका पुरुषको निधन भएको हो । त्यस्तै, काभ्रेकै ८० वर्षकी महिलाको पनि बिहीबार निधन भयो ।

काठमाडौंमा बिहीबार तीन पुरुषको कोरोनाका कारण निधन भयो । ९३, ६० र ७१ वर्षका उनीहरुमा केही दिनअघि मात्र कोरोनाभाइरस संक्रमण भएको थियो ।

भक्तपुरमा बिहीबार ६५ र ४३ वर्षका पुरुषको निधन भयो । ललितपुरमा पनि बिहीबार ५४ वर्ष र ६१ वर्षका पुरुक्षको निधन भएको हो । धनकुटामा ८२ वर्षका पुरुष र सुनसरीमा ५० वर्षकी महिलाको बिहीबार कोरोनाका कारण निधन भयो । त्यस्तै, सुनसरीमा बिहीबार ४० वर्षका पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । 



सप्तरी, कास्की र नवलपरासीमा बिहीबार ५०, ७६ र ६० वर्षका पुरुषहरुको कोरोनाका कारण निधन भयो । 

मोरङमा ७० वर्षीया महिला र दाङमा ७७ वर्षीया महिलाको पनि बिहीबार कोरोनाभाइरसका कारण निधन भयो ।



  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार २०:३१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया