प्रधानमन्त्री–भारतीय सचिव भेट– ओलीले के सन्देश पठाए मोदीलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलासँग भेट गरेका छन् । यो भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउँदै सीमालगायतका विषयमा द्विपक्षीय समस्याको विषयमा वार्ताबाट समाधान निकाल्न नेपाल तत्पर रहेको सन्देश पठाएका छन् ।

श्रृगंलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्ध राम्रो बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्री ओलीलाई पठाएका थिए । प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले दिएको जानकारीअनुसार दुवै देशका प्रधानमन्त्रीस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आगामी दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ।

सल्लाहकार डा भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामी दुई देशबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दीअनुकूल तथा युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौँ। सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्णरुपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं। हाम्रा बीचका सीमा विवाद अहिले एकाएक सिर्जना भएका होइनन्। इतिहासले विरासतका रुपमा छाडेका समस्या हुन्। यसलाई थाँती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौं। यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु।’ 
 





  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार २१:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया