आफूले हारेको अस्वीकार गर्दागर्दै ट्रम्पले भने– म ह्वाइट हाउस छोड्न तयार छु

आगामि चार वर्षका लागि नेतृत्व गर्न अमेरिकामा भएको राष्ट्रपति निर्वाचन सकिएको एक महिना पुग्न लागेको छ । तर, अहिलेसम्म त्यहाँ औपचारिक रुपमा राष्ट्रपति विजेता घोषणा गरिएको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको परिणाम आउन थालेपछि आफूले जितेको दाबी गरेका छन् । तर, त्यहाँको मत परिणामले यस्तो बताउँदैन । 

आजसम्म पनि उनले सामाजिक सन्जाल ट्विटरमा आफूले नै जितेको दाबी गर्दै आएका छन् । 

तर, अब उनी औपचारिक रुपमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएको खण्डमा आफूले ह्वाइट हाउस छोड्न तयार रहेको बताउन थालेका छन् । 

‘अहिलेसम्म चुनावको दौड सकिएको छैन,’ उनले भनेका छन्, ‘निर्वाचनमा धाँधली भएको छ । तर, अब औपचारिक रुपमा बाइडेनलाई राष्ट्रपति घोषणा गर्ने हो भने म ह्वाइट हाउस त छोडिहाल्छु नि ।’

पछिल्लो परिणामअनुसार त्यहाँ बाइडेनले ३ सय ६ मत पाएका छन् । यो मत भनेको त्यहाँको इलेक्टोरल मत हो । अमेरिकामा राष्ट्रपति निर्वाचित हुनका लागि २ सय ७० इलेक्टोरल मतको आवश्यकता पर्छ । 



यसको औपचारिक घोषणा चाहिँ १४ डिसेम्बरमा हुने अमेरिकी व्यवस्था छ । अनि राष्ट्रपतिका रुपमा जो बाइडेनले २० जनवरीमा सपथ लिनेछन् ।



  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १८:४०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया