इरानका वरिष्ठ परमाणु वैज्ञानिकको हत्या

समाचार एजेन्सी एएफपीका अनुसार इरानको रक्षा मन्त्रालयले इरानी वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गरेको जनाएको छ । 

समाचार एजेन्सीका अनुसार इरानको राजधानी तेहरानमा उनको हत्या भएको हो । 

यी वैज्ञानिकको नाम अझै सार्वजनिक भएको छैन । तर, अर्को समाचार एजेन्सी एपीले चाहिँ वैज्ञानिकको नाम मोहसिन फखरिजादेह भएको जनाएको छ । 

इजरायलले यी वैज्ञानिकमाथि इरानले सन् २००० को सुरुवात देखि नै नजरबन्द लगाएको बताएको छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार २१:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया