प्रचण्डलाई ओलीको आरोप– पार्टी एकतामा २४ घन्टा अडिनुभएन !

तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादीबीच भएको एकताको प्रसंगमा पनि अब नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आरोप लगाएका छन् । 

२०७४ साल असोज १४ गते भएको दुई नेकपाबीचको एकताले आम जनतालाई हर्षित बनाएको र अरुलाई विष्मित बनाएको ओलीको ठहर छ । 

आज सचिवालय बैठकमा उनले प्रस्तुत गरेको प्रतिवेदनमा भनेका छन्– यो नेपालको राजनीतिक तस्बिर बदल्ने दूरगामी घटना थियो ।

त्यसपछि ओलीले प्रचण्डलाई आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘तर तपाईं यस सहमतिको एउटा महत्वपूर्ण बुँदामा २४ घण्टा पनि अडिनु भएन । अघिल्लो दिन एउटै चुनाव चिह्न ‘सूर्य’ मा चुनाव लड्ने भनेर गरेको हस्ताक्षरलाई अस्वीकार गर्न पुग्नुभयो ।’

तर, यसलाई आफूले सहज रुपमा लिएर कुनै प्रश्न नउठाएको ओलीले प्रचण्डलाई बताएका छन् । नेकपालाई एक्लै दुई तिहाइ पुर्याउन सघाउने लाखौँ मत बदर भएको ओलीले ठहर गरेका छन् । 

‘अरुबेला भए मैले सोध्ने थिइनँ, तर आज जब तपाईं प्रकारान्तरले  एकताको औचित्य समाप्त भएको घोषणा गरे जसरी प्रस्तुत हुनुभएको छ, सोध्न मिल्छ होला नि– २४ घण्टामै सहमति उल्ट्याउने यो निर्णय तपाईंले कसको दबाब र प्रभावमा गर्नुभएको थियो ?’



यसका कारण पनि प्रचण्ड सहमतिको पक्षधर नभएको ओलीको आरोप प्रतिवेदनमा छ ।




  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १९:१९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया