प्रचण्डमाथि ओलीको आरोप– भारतसँगको सहकार्यमा प्रधानमन्त्री बन्न खोज्दै हुनुहुन्छ !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको जुहारी अझै बढिरहेको छ ।

शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको २८ कार्तिकको प्रतिवेदनको जवाफ दिएका छन् । ४० पृष्ठ लामो यो प्रतिवेदनमा ओलीले प्रचण्डमाथि विभिन्न आरोप लगाएका छन् । 

तिनैमध्ये एक आरोप हो– प्रचण्ड मित्रराष्ट्रहरुको सहयोगमा प्रधानमन्त्री बन्न खोजिरहेका छन् । 

२०७५ साल जेठ ३ गते भएको एकताको घोषणापछि गर्ने भनिएका केही कामहरु प्रचण्डकै कारण अहिलेसम्म नभएको आरोप पनि ओलीले प्रचण्डमाथि लगाएका छन् ।

उल्टै प्रचण्डले बारम्बार मन्त्रिपरिषद् पुनर्गठनको घोषणा गरेको ओलीको आरोप छ । ‘तपाईंले कतिचोटि मन्त्रिपरिषद् पुनर्गठनको घोषणा गर्नुभएको छ, कतिचोटी सरकार परिवर्तनको खुल्ला अभिव्यक्ति दिनुभएको छ र कतिचोटी छिटै आफू सरकारको नेतृत्वमा आउने भएको हुनाले कतिपय विषय पछि सल्टाउँला भन्दै मित्र राष्ट्रसँगका कतिपय विषयलाई अल्झाउनु भएको छ, सम्झना गर्नुभएको छ नि ?’ ओलीको प्रतिवेदनमा प्रचण्डलाई आरोप लगाउँदै उल्लेख गरिएको छ । 

उनले थपेका छन्, ‘एकलव्य जस्तै खालि सरकारमा मात्रै तपाईँको ध्यानदृष्टि र प्रधानमन्त्री र सरकारको स्थायित्व विरुद्ध निरन्तर रागका कारण राजनीतिक स्थिरता विरुद्ध कस्तो सन्देश गइरहेको छ, ख्याल गर्नुभएको छ नि ?’






  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १९:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया