ओलीले प्रतिवेदनमा लेखे– मोटरसाइकलको एउटा पाङ्ग्रा खुस्कायो भने अर्को पनि लड्छ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको युद्धका कारण रुमल्लिएको छ । 

यहीबीच नेकपाको सचिवालयमा अब दुवै अध्यक्षले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका छन्  । २८ कार्तिकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिएका छन् । 

त्यसमा उनले मोटरसाइकलको प्रसंग पनि निकालेका छन् ।

उनले आफूहरु दुई अध्यक्ष भएको स्मरण गराउन यो लेखेका हुन् । उनले लेखेका छन्, ‘महाधिवेशनबाट निर्वाचित अध्यक्षका रुपमा मेरो हैसियतमाथि समेत तपाईंले प्रश्न उठाउनु भएछ । त्यतिमात्रै तर्क गरौँ, जतिमा अडिन सकिन्छ । यो तर्क गरिरहँदा तपाईं यो ठाउँमा आउनु भएको पनि तत्कालीन नेकपा ९माओवादी–केन्द्र० को अध्यक्षकै हैसियतले हो भन्ने नबिर्सनुस् । मोटरसाइकलको एउटा पाङ्ग्रा खुस्कायो भने अर्को पनि लड्छ ।’

उनले अध्यक्षका रुपमा आफूहरु दुई जना रहेको विषयलाई प्राथमिकता दिन यस्तो लेखेका हुन् ।






  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १९:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया