बाबुराम भट्टराईले गरे ओलीको प्रतिवेदनमाथि टिप्पणी– ओली निरंकुश, फासिष्ट शासक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बारम्बार टिप्पणी गर्दै आइरहेका छन् । 

शनिबार नेकपा सचिवालय बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रतिवेदनमाथि पनि डा. भट्टराईले टिप्पणी गरेका छन् । 

भट्टराई शनिबार राति ट्विट गर्दै लेखेका छन्, ‘ओलीको ५३ बुँदे दस्ताबेज पढ्दा इतिहासका सबै निरंकुश/फासिष्ट शासक झैं आफूबाट कहिल्यै कुनै गल्ती/कमजोरी हुन नसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्कियो ।’ 

उनले थपेका छन्– अब अरूकोनिम्ति यो प्रवृत्तिविरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प देखिएन है !





  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार २२:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया