नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् ।
शनिबार भएको निर्वाचनमा आफ्ना किशोर प्रधानलाई पराजित ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । यो जितसँगै ढकाल महासंघको आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित भएको छ ।
राति सम्पन्न मत परिणाम अनुसार एशोसिएट तर्फ ढकालले ५२२ र प्रधानले ३७५ मत ल्याएका छन् । वस्तुगततर्फ ढकालले ५९ मत ल्याएका छन् भने प्रधानले ३९, जिल्ला–नगरतर्फ ढकालले ५२ मत ल्याएका छन् भने प्रधानले ५३ मत पाएका छन् । महासंघको चुनावमा एशोसिएट तर्फको मतभार ३०, वस्तुगतको २० र जिल्ला–नगरको ५० प्रतिशत रहेको छ ।
शनिबार राति नै सार्वजनिक भएको मतपरिणाम अनुसार वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् । उता एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ निर्वाचित भएका छन् ।
महासंघको विधान अनुसार निर्वाचित वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालका लागि स्वतःअध्यक्ष हुन्छ । अर्को निर्वाचनमा पुनः वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा हुने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।