नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट प्रहरीले दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रवीन तामाङ र २८ वर्षीय अमर तामाङ छन् ।
प्रहरीले उनीहरुसँगै गएका अरु तीनजना किशोरलाईसमेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर छन् ।
उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।