ट्यांकरमा फल्स चेम्बर बनाई पेट्रोल चोरी गर्ने दुई चालकमाथि अनुसन्धान सुरु
फाइल फोटो

भारतबाट पेट्रोल आयत गर्दा ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने दुई ट्यांकर चालकमाथि अनुसन्धान अघि बढाइएको छ ।  प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पेट्रोल चारी गरी ठगी गर्ने उपर अनुसन्धान अगाडी बढाइएको जानकारी दिएको छ । 

पेट्रोल चोरी ठगी गरेको आरोपमा पक्राउ परेका बाराका ३५ वर्षीय अजय लामा र  बाराकै २८ वर्षीय बिकेश लामामाथि अनुसन्धान थालिएको सिआइबीेले जनाएको छ । 

बारा, अमलेखगन्ज–६  घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने अजय र सोही ठेगान भएका विकेश मंसिर ११ गते काठमाडौंबाट पक्राउ परेका थिए । 

उनीहरुले भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्यांकरबाट फल्स चेम्बर बनाई इन्धन चोरी गर्ने गरेका थिए ।  इन्धन लुकाई उनीहरुले भारतकै लगी बेच्ने गरेका खुलासा भएको प्रहरीले जनाएको छ । 

आयल निगमलाई हानि नोक्सानी पु¥याई ठगी गर्ने गरेको अभियोगमा अनुसन्धान प्रकृया अगाडी बढाइएको सिआइबीले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार १८:२५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया