सन् १९९० मा हिट भएको बलिउड फिल्म आशिकीका अभिनेता राहुल राय अहिले मुम्बईको अस्पतालमा भर्ना भएका छन् । ५२ वर्षका यी अभिनेता अहिले फिल्मको सुटिङमा व्यस्त थिए । तर, फिल्म सुटिङ गर्दागर्दै ब्रेन स्ट्रोक भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।
त्यहाँ फिल्म सुटिङ गर्दा दुई दिन अगाडि नै उनी बिरामी परेको बताइएको छ । उनको अवस्था अहिले गम्भीर रहेको जनाइएको छ ।
पाँच दिनको सुटिङका लागि कारगिल पुगेका राहुलको मस्तिष्कको सर्जरी गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।