उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । गोल्छालाई निवर्तमान अध्यक्ष भवानी राणाले पद तथा गोपनीयताको सपथ गराइन् । अध्यक्ष गोल्छाले नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको ग्रहण गराएका थिए ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न ५४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । साढे ३ वर्ष अघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकालसहित उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र संघाई निर्वाचित भएका हुन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार १९:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया