जो बाइडेनको प्रेस टिममा सबै महिला

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो सिनियर प्रेस टिममा महिलाहरुलाई मात्र राखेका छन् । 

अमेरिकी इतिहासमा राष्ट्रपतिको प्रेस टिममा सबै महिला भएको यो पहिलो पटक हो । 

यो टिमको नेतृत्व केट बेडिंगफिल्डले गर्दैछिन् । उनी बाइडेनको चुनावी अभियानदेखि बाइडेनसँग जोडिएकी हुन् । त्यति बेला उनलाई उपप्रमुखको जिम्मेवारी बाइडेनले दिएका थिए ।
 

बाइडेनको प्रेस सचिव चाहिँ राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ह्वाइट हाउसमा कम्युनिकेसन निर्देशक रहेकी जेन साकी हुनेछिन् । 

आफ्नो सचिवालयमा विविधता देखिने बाइडेनले यसअघि नै दाबी गरेका थिए । 

‘मलाई गर्व लागेको छ, ह्वाइट हाउसमा सबै सिनियर कम्युनिकेसन टिम महिलाको हुनेछन्,’ बाइडेनले भनेका छन्, ‘यसले हाम्रो देशको विविधता पनि झल्काउने छ ।’



बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको सपथ लिँदैछन् ।



  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १०:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया