संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । चितवनको रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको एक होटलको शिल्लान्यास गर्ने क्रममा भट्टराईले यस्तो दावी गरेका हुन् ।
२०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्यूतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र यसको अन्तिम र २०२२ को सुरुवातबाट तीब्र गतिमा दौडिन्छ ।
कोरोना महामारीका कारण लामो सयम घरमै बस्नु परेकाले यसको अन्त्य भएसँगै आन्तरिक पर्यटनको मात्रै ह्यात्तै बढ्ने मन्त्री भट्टराईको भनाइ छ । विदेशबाट तत्कालका लागि ठूलो संख्यामा पर्यटक आउने सम्भावना भने नभएको उनले बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।