नेपाल उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा पूर्वअध्यक्ष पशुपति मुरारका नियुक्त भएका छन् । आइतबार नवनियुक्त अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारीणी समितिको बैठकले मुरारकालाई विशिष्ट सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।
यसअघि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विशिष्ट सदस्यका रुपमा रहेका थिए । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिमा प्रदेश १ का अध्यक्ष नरेश खड्कालाई पनि मनोनित गरिएको छ ।
यसैबीच, महासंघको बैठकले मानार्थ सदस्यमा किशोर प्रधानलाई मनोनित गर्ने निर्णयसमेत गरेको छ । प्रधान वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।
कोषाध्यक्ष चयनका लागि सोमबार कार्यसमितिभित्र मतदान हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।