निरन्तर उकालो लाग्दै नेप्से, परिसूचक २ हजारनजिक

सेयर बजार परिसूचक नेप्से सोमबार झण्डै २९ अंकले बढेको छ । नेप्से २८ दशमलव ७९ अङ्कले बढेर १९९७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केही बेरमै २०२६ भन्दा माथि पुगेको नेप्से निरन्तर उतारचढाव हुँदै १९९७ विन्दुमा रोकिएको हो । 

आइतवार हालसम्मकै उच्च अंक ७५ दशमलव शून्य २ अंक बढेको बजार १ हजार ९६८ दशमलव २७ विन्दुमा बन्द भएको थियो । सोमवार २ हजार विन्दुबाट बजार खुला भएको थियो । यो दिने नेप्से परिसूचकसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ६३ अंकले बढेर ३८५ दशमलव ५६ विन्दुमा पुगेको छ ।
यो दिन ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । १९८ कम्पनीको ८३ हजार ५६७ पटकको व्यापारमा २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर कारोबार भएको हो । कारोबार रकम भने आइतवारको तुलनामा सोमबार घटेको छ ।

सोमवार कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यो दिन उक्त कम्पनीकोे ३८ करोड ४८ लाख ८६ हजार बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको सेयरमूल्य पनि सोमवार ९ दशमलव ४४ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १६० ले बढेर अन्तिम मूल्य रू. १ हजार ८५५ पुगेको छ । सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यस दिन उक्त कम्पनीको रू. ३७ करोड ३४ लाख ११ हजार बराबरको सेयर कारोबार भएको हो । 

सोमवार युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको भने विशाल बजार कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । उच्च मूल्य वृद्धि भएको युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य प्रतिकित्ता रू. १६ ले वृद्धि भएर अन्तिम मूल्य रू. १७६ पुगेको हो । त्यस्तै उच्च मूल्य गिरावट भएको विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ३६० ले घटेर अन्तिम मूल्य रू. ३ हजार २४० कायम भएको छ ।

सोमवारको कारोबारमा जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो दिन जीवन बीमा समूहको परिसूचक ७ दशमलव ३४ प्रतिशत बढेको छ भने विकास बैंक समूहको २ दशमलव शून्य ८ प्रतिशत परिसूचक घटेको छ ।

 विकास बैंक समूहसँगै सोमवार बैंकिङको शून्य दशमलव ४८ प्रतिशत, वित्तको शून्य दशमलव ५९ प्रतिशत र म्यचुअल फण्डको १ दशमलव १ प्रतिशत परिसूचक घटेको छ । यस दिन व्यापारिक समूहको ६ दशमलव ६१ प्रतिशत, होटलको शून्य दशमलव २४ प्रतिशत, जलविद्युतको ५ दशमलव ९३ प्रतिशत, निर्जीवन बीमा २ प्रतिशत, उत्पादन तथा प्रशोधन १ दशमलव ६९ प्रतिशत, अन्य २ दशमलव ६४ प्रतिशत र  लघुवित्त समूहको परिसूचक १ दशमलव ३ प्रतिशत बढेको छ ।
 





  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १६:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया