भारतमा कुल संक्रमित ९४ लाख ३१ हजार
फाइल फोटो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको छ । भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३८ हजार ७७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।    

हाल भारतमा ९४ लाख ३१ हजार ६९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । संक्रमितमध्ये ८८ लाख ४७ हजार ६ सय व्यक्ति संक्रमणमुक्त भएका छन् । 
मन्त्रालयका अनुसार हाल ४ लाख ४६ हजार ९५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । 

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कुल संख्या एक लाख ३७ हजार १३९ पुगेको छ । भारतमा सबैभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली रहेको छ । 

भारतमा कुल १४ करोड ३ लाख ७९ हजार नमुना परीक्षण गरेको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जानकारी दिएको छ । 
 





  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १६:४३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया