श्रीलंकाको जेलमा झडप, आठ कैदीको मृत्यु ५० घाइते

श्रीलंकामा एउटा जेलमा झडप हुँदा आठजनाको मृत्यु भएको छ भने ५० भन्दा धेरै घाइते भएका छन् । जेलमा कोरोना संक्रमण बढेको भन्दै कैदीहरुले आन्दोलन गरेको र सुरक्षाकर्मी प्रतिकारमा उत्रेका थिए । 

भिडन्त भएको महारा जेल श्रीलंकाको सबैभन्दा भिडभाडयुक्त जेल हो । उक्त जेलमा कैदीको चाप अत्यधिक भएको र जेलमा कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको बताइएको छ । अहिले देशभर दैनिक एक हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिरहेका छन् ।

कैदीहरुले जेलमा कोरोना परीक्षण बढाउन र संक्रमित कैदीलाई आइसोलेसनको व्यवस्था गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।

अन्य जेलबाट ल्याइएका कोरोना संक्रमितलाई महारा जेलमा मिसाएपछि भएको झडपमा प्रहरीको गोली लागेर अधिकांशको मृत्यु भएको बताइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १७:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया