जनकपुरकाे धनुषसागरमा डुंगा सञ्चालन, पर्यटन विकासमा टेवा पुग्ने विश्वास

जनकपुरधामको राम चौकस्थित ऐतिहासिक धनुषसागर सरोवरमा अब डुंगा सयर गर्न पाइने भएको छ । स्थानीय गणेश युवा कमिटीले सरोवरमा ५ वटा डुंगा सञ्चालनमा ल्याएको छ ।

सोमबार एक समारोहबीच जनता समाजवादी पार्टीका प्रदेश सांसद परमेश्वर साहले सरोवरमा डुंगाको उद्घाटन गरे । उनीसहितका अतिथिले सरोवरमा केहीबेर डुंगा सयर पनि गरे । 

सांसद साहले डुंगाले सरोवरको मात्र नभएर पूरै जनकपुरधामको सौन्दर्य बढाएको प्रतिक्रिया दिए । उनले भने, ‘यसले यहाँको आर्थिक कारोबार पनि बढाउँछ ।’

गणेश युवा कमिटीले १ लाख ३५ हजारको लागतमा ५ वटा डुङ्गा खरिद गरेर सञ्चालनमा ल्याएको हो । 

कमिटीका अध्यक्ष सन्तोष महतोले जनकपुरधामको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले डुंगा सञ्चालनमा ल्याएको बताए ।

उनले बोटिङ गर्न प्रतिव्यक्ति कति रुपैयाँ लिने भन्नेबारे निर्णय नभएको भन्दै केही दिनभित्रै कार्यविधि बनाएर निश्चित शुल्क तोक्ने जानकारी दिए । 



जनकपुरधामकी उपप्रमुख रिता कुमारी मिश्रले बोटिङ सुरु भएपछि सरोवरले नयाँ जीवन पाएको बताइन् । उनले यहाँका अन्य पोखरीमा पनि डुंगा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उपमहानगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।



  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १९:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया