गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीत लिएर गायक राई श्रोतामाझ आएका हुन् ।
उक्त गीतमा राई स्वयंको सङ्गीत तथा स्वर रहेको छ । गीतको भिडियो गायक राईको आधिकारिक युटुुब च्यानलबाट सार्वजनिक भएको छ ।
डा. दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानका लागि श्रीमती पुनम सुवेदी क्षेत्रीद्वारा प्रस्तुत म्युजिक भिडियोको छायाङ्कन तथा निर्देशन गायक तथा सङ्गीतकार राईका जेठा छोरा अकिल राईले गरेका छन् ।
त्यस्तै, कान्छा छोरा मनसुन राईले स्वस्तिका लिम्बूका साथ मोडलिङ गरेका छन् । भिडियोमा युवा उमेरमा हुने माया प्रेमको उतार–चढावको कथा बुनिएको छ । गीत स्टुडियो किङमा रेकर्डिङ गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।