कुकुरसँग खेल्दा अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको खुट्टा ‘फ्याक्चर’

कुकुरसँग खेल्ने क्रममा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको खुट्टा फ्याक्चर (मर्किएको) भएको छ । 

अमेरिकी संचार माध्यमका अनुसार कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको हो । खुट्टा मर्किएपछि उनलाई डेलावेयरको नेवार्क अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी अस्पताल पुग्दा खोच्याएर हिँडेको समाचारमा उल्लेख गरिएको छ । 

अमेरिकी सञ्चार माध्यममा उल्लेख भए अनुसार उनले केही हप्तासम्म सहयोगीको साथ लिएर मात्र हिँडडुल गर्न सक्नेछन् । 

यता बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले विज्ञप्ति सार्वजनिक गर्दै एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको दाबी गरेका छन् । 

७८ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा जनवरी २० मा शपथ लिँदैछन् । उनी अमेरिकी इतिहासकै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्न लागेका हुन् । 


 





  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार ६:२०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया