शीर्ष परमाणु वैज्ञानिकको हत्यामा रिमोट नियन्त्रित हतियार प्रयोग भएको इरानको दाबी

इरानले इजराइल र निर्वासित विपक्षी समूहले उसको शीर्ष परमाणु वैज्ञानिकको हत्यामा रिमोट नियन्त्रित हतियार प्रयोग गरेको दाबी गरेको छ । 

तेहरानमा वैज्ञानिक मोहसिन फखरीजादेहको अन्त्येष्टिको बेला इरानका सुरक्षा प्रमुख अली शामखानले आक्रमणकारीले विद्युतीय उपकरणको प्रयोग गरेको र घटनास्थलमा उनीहरु उपस्थित नरहेको दाबी गरेका हुन् । तर यसबारेमा उनले थप जानकारी भने दिएका छैनन् । 

यसअघि इरानी रक्षा मन्त्रालयले केही बन्दुकधारीले फखरीजादेहको कारमा गोली हानेर आक्रमण गर्दा उनको मृत्यु भएको जनाएको थियो । 

इजराइलले इरानको यो आरोपमाथि अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । २००० को दशकको सुरुवातमा फखरीजादेहले इरानको परमाणु कार्यक्रममा विशेष भूमिका खेलेका थिए । 

पछिल्लो समय इजराइलले फखरीजादेहले इरानको गोप्य परमाणु हतियार विकासमा लागि परेको जनाएको थियो । इरानले उसको परमाणु कार्यक्रम हतियार विकसित गर्नको लागि नभएको बताउँदै आएको छ ।






  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार ६:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया