शीर्ष स्थानको होडमा रहेको लेस्टर फुलह्यामसँग पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी पराजित भएको छ । शीर्ष स्थानको होडमा रहेको लेस्टर फुलह्यामसँग पराजित भएको हो ।​

फुलह्यामले लेस्टरमाथि पहिलो हाफमै दुई गोल गर्न सफल भयो । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीमाथि फुलह्यामका लागि खेलको ३० औं मिनेटमा एडेमोल लुकम्यानले पहिलो गोल गरे । उनले गोल गरेको आठ मिनेट अर्थात् खेलको ३८ औं मिनेटमा  इभान काभालेइरोले  गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर बनाए । 

पहिलो हाफमा गोल गर्न नसकेको लेस्टर सिटीका लागि ८६ औँ मिनेटमा हार्बी बान्र्सले एक गोल गरे । गोलका लागि उनलाई जेमी भर्डीले सहयोग गरेका थिए । 

शीर्ष स्थानको होडमा रहेको लेस्टर यो पराजयसँगै १० खेलाबाट १८ अंकसहित  चौथो स्थानमा छ । फुलह्म भने १० खेलबाट सात अंकसहित १७ औं स्थानमा उक्लिएको छ । 
 





  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार ७:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया