औषधि कम्पनी मोडर्नाले कोरोना भाइरस विरुद्धको खोप व्यापक रुपमा प्रयोगको लागि अमेरिका र यूरोपमा नियमक निकायसँग अनुमती मागेको छ ।
नियमक एमआरएनएले खोप परीक्षणसँग जोडिएका तथ्याङक हेरेर खोप सुरक्षित छ कि छैन र प्रयोगका लागि अनुमती दिने वा नदिने बारेमा निर्णय गर्नेछ ।
अहिलेसम्म गरिएको अध्ययनले मोडर्नाको खोपले कोरोनाबाट बचाउन ९४ प्रतिशतसम्म काम गरेको देखाएको छ । यस्तै फाइजरले पनि यस्तै खोप प्रयोगमा ल्याउन अमेरिकाको अनुमती मागेको छ । फाइजरले पनि क्लिनिकल परीक्षणमा सकारात्मक परिणाम देखाएको पाइएको थियो ।
बेलायतको नियामक निकायले फाइजरले विकासित गरेको खोपसँग जोडिएको तथ्याङकको समिक्षा गरिरहेको छ । योसँगै अक्फोर्ड विश्वविद्यालयले विकसित गरेको खोप पनि आपत्काल प्रयोगको लागि निर्णय दिन पनि समीक्षा भइरहेको छ ।
मोडर्नाले बेलायतबाट छिटै अनुमती पाउने आशा व्यक्त गरेको छ । उसँग ३० हजार स्वयसेवकमाथि परीक्षण गरेको तथ्याङक छ । जसमा निकै जोखिममा रहेका उमेर समुहका व्यक्ति सहभागी थिए ।
परीक्षणमा खोपले सकारात्मक प्रभाव पारेको थियो । यी तीन वटै खोपको आफ्नो आफ्नो विशेषता छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजोनेकाले संयुक्त रुपमा तयार गरेको खोपको शुल्क मोडर्ना र फाइजरको खोपको तुलनामा निकै कम छ ।
मोडर्नाको खोप १५ डलर तथा फाइजरको खोप २५ डलर तोकिएको छ । तर एस्ट्राजेनेको खोपको शूल्क तीन डलर तोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।